काठमाडौं- जर्मनीमा फेरि पनि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन्। यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख संक्रमित पाइने गरेको पाइएको बताएका छन्।
यहाँ मङ्गलबार मात्र १ लाख भन्दा बढी संक्रमित देखिएका छन्। ती संक्रमितहरु गएको अप्रिल महिनादेखि पहिलो पटक यतिधेरै संक्रमित देखिएका बताइएको छ।
जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले दिएको जानकारी अनुसार यहाँ पछिल्लो समयमा कारोनाा संक्रमित बढेका छन् र मङ्गलबार मात्र १ लाख जना भन्दा बढीमा सो संक्रमण पाइएको छ।
यहाँ गएको अप्रिल महिनामा ओमिक्रोन भेरियन्ट आएपछि दैनिक करिब १ लाख सङ्क्रमित पुग्ने गरेका थिए। त्यसपछि पछिल्ला केही हप्तामा यहाँ संक्रमितहरु घट्दै गएकामा अहिले दैनिक १ लाख जति पुग्न लागेका बताइएको छ।
यहाँको सरकारले सार्वजनिक स्थलहरुमा हुने जमघट तथा अन्य कतिपय कार्यहरुमा आगामी दिनमा के कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिरहेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्।