काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका ७,२४० नयाँ संक्रमित भेटिएका छन्। यस्तै, सक्रिय संक्रमितको संख्या बढेर ३२ हजार ४९८ पुगेको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५,२४,७२३ जनाको मृत्यु भइसकेको छ।
यस्तै, चार करोड २६ लाख ४० हजार ३०१ जनाको उपचार पछि निको भएका छन्।