काठमाडौं- भारतमा सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ।
केही दिनयता चार हजार पार गरेको कोरोना संक्रमितहरुमा पुनः कमि आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा गत शुक्रबारयता कोरोना संक्रमितका दैनिक संख्या चार हजार नाघेको थियो।
करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना संक्रमण चार हजार नाघेको थियो। गत मार्च ११ मा कोरोना संक्रमितको संख्या चार हजार १९४ पुगेको थियो। गत शुक्रबार चार हजार ४१ मा कोरोना संक्रमणभएको थियो।
आइतबार यहाँ कोरोना संक्रमितको संख्या चार हजार ५१८ रहेको थियो। यद्यपी आइतबार तुलना सोमबार कमि अएको समाचारमा जनाइएको छ।
हाल भारतमा कोरोनाका सक्रिय संक्रमित संख्या २६ हजार ९७६ रहेका छन्। सक्रिय संक्रमितको यो संख्या भारतमा हालसम्म भएका कोरोना संक्रमितको ० दशमल ०६ प्रतिशत भएको जनाइएको छ।