काठमाडौं- दक्षिण कोरियामा सोमबार मध्यरातिसम्म अर्थात गत २४ घण्टाको समयावधीमा छ हजार १७२ जनामा थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। यसैसँगै कूल संक्रमितको संख्या १ करोड ८१ लाख ७४ हजार ८८० पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
यहाँ पछिल्लो केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो । दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ संक्रमितको संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन्।
दैनिक संक्रमित अघिल्लो दिन ५ हजार २२ जना थियो। आइतबारको तुलनामा सोमबार थोरै बढेको पाइएको छ। कोरिया रोग नियन्त्रण निकायका अनुसार यो एक हप्ता अघि दक्षिण कोरियामा दैनिक संक्रमित १७ हजार १८५ रहेको थियो।
सो समयमा बीस जनाको मृत्यु भएको पुष्टि भएसँगै यस महामारीबाट मृत्यु हुनेको संख्या २४ हजार २९९ पुगेको छ।