काठमाडौं- दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ। त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार ८३५ जनामा यो संक्रमण देखिएको छ।
यसअघि अघिल्लो दिन अर्थात शुक्रबारमात्र त्यहाँ कम्तीमा पनि १२ हजार जनामा कोरोना भाइरसको संक्रमण पाइएको समाचारमा जनाइएको थियो। यहाँ पछिल्लो केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो। दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ संक्रमितकोण् संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन्।
यसैसँगै कूल संक्रमितको संख्या १ करोड ८१ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ। त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि कम रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।