काठमाडौं- भारतमा २४ घण्टाको समयावधि अर्थात मंगलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या चार करोड ३१ लाख ४२ हजार १९२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार ५०७ पुगेको छ। यस समयमा भारतमा १३० सक्रिय संक्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय संक्रमित १४ हजार ९७१ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
चौविस घण्टाको समयावधि अर्थात मंगलबार मध्यरातिसम्म एक हजार ९७७ कोरोना निको भएका छन्।