काठमाडौं- अल–जजीराकी एक पत्रकारको हत्या भएको छ, उनलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो।
अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ। जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन्। उनको अवस्था स्थिर छ।