काठमाडौं- भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ।
विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ संक्रमितको संख्या तीन हजार नाघेको छ । २४ घण्टाको समयावधी भएका यी नयाँ संक्रमितमध्ये एक हजार ४०७ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा पाँच हजार ९५५ सक्रिय संक्रमित रहेका पनि थप जानकारी दिइएको छ।
यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संखया पाँच लाख २४ हजार ६४ पुगेको छ। भारतभरी अझै पनि सक्रिय संक्रमित २० हजार ६३५ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय संक्रमित घट्ने क्रम जारी रहेको थियो। तर केही हप्तायताबाट सक्रिय संक्रमित बढेको पाइएको छ।
चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म तीन हजार ७९ जना कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ५७ हजार ५९५ जना सफलतापूर्वक कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।