काठमाडौं– दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढी देखिएका छन्। गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ।
अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो। अघिल्लो दिन शनिबार यहाँ ३७ हजार ७०० भन्दा बढी संक्रमित थिए।
योसँगै यहाँ संक्रमितको संख्या १ करोड ७२ लाख पुगेको बताइएको छ। पछिल्लो समय स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएको समाचारमा जनाइएको छ।
गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमित देखिने गरेका थिए। अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ।