काठमाडौं- भारतमा छिल्लो २४ घण्टामा ३ हजार २ सय ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी संक्रमित दिल्लीमा भेटिएका छन्। दिल्लीमा मात्रै १ हजार ५२० जनामा संक्रमण देखिएको छ।
यससँगै दिल्लीमा सक्रिय कोरोना संक्रमितको संख्या हजार ७१६ पुगेको छ। भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार भन्दा बढी रहेको छ।
भारतमा तेस्रो लहर कम हुँदै जाँदा सबै स्वास्थ्य प्रोटोकल अन्त्य भइ जीवन सामान्य रुपमा फर्किँदै गर्दा चौथो लहरको चुनौती देखिएको विज्ञहरुले बताएका छन्।