काठमाडौं- भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितमा एकपटक पुनः तीब्रता आएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा कोरोनाका ३ हजार ३०३ नयाँ संक्रमित भेटिएका छन्।
यतिबेला कोरोनाका २ हजार ५६३ बिरामी निको पनि भएका छन् र ३९ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्युको आँकडा ५ लाख २३ हजार ६९३ पुगेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६,९८० पुगेको छ।