काठमाडौं- भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ।
अघिल्लो दिन भने दुई हजार ५९३ जना संक्रमित भएका थिए। भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना संक्रमित भएका छन्।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना संक्रमित अवस्थामै रहेको जनाएको छ । नयाँ संक्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन्। यो संख्या नयाँ कुल संक्रमितको ५७.३७ प्रतिशत हो।