काठमाडौं- भारतमा बिहीबार कोभिड–१९ संक्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ। ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ।
गत २४ घण्टामा कोरोना संक्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको छ।
पछिल्लो २४ घण्टामा २३२ सक्रिय संक्रमितमा कमि आएपछि हाल भारत ११ हजार ६३९ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। यो विवरण सक्रिय संक्रमितहरुको संख्या लगातार घट्दै गएको ७२ औं दिनको हो।
हालसम्म ४ करोड २४ लाख ९८ हजार ७८९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। ती मध्ये एक हजार २२२ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन्।