काठमाडौं- चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ। बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन्। यो महामारीको सुरुवात पछिकै ठूलो संख्या हो। कोभिडकै कारण सांघाईमा लकडाउन घोषणा गरिएको छ।
सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो।
तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीब्र बढिरहेको छ। बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ।