काठमाडौं- श्रीलंकाले जन स्वास्थ्य संकटकाल घोषणा गरेको छ। औषधि एवं स्वास्थ्य सामग्री अभाव भएपछि श्रीलंकाको शीर्ष स्वास्थ्य निकाय गभरमेन्ट मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)ले संकटकाल घोषणा गरेको हो।
अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ। अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन्।
आर्थिक एवं विदेशी मुद्रा संकटका कारण श्रीलंका विद्युत् कटौती र अभावसँग जुझिरहेको छ । यसले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै उहाँ विरुद्ध व्यापक विरोध निम्त्याएको छ। यसअघि सरकारले फागुन १२ गते सार्वजनिक स्वास्थ्य सेवालाई अत्यावश्यक सेवा घोषणा गरेको थियो। एजेन्सी