काठमाडौं- आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा औषधि अभाव भएपछि पूर्वनिर्धारित शल्यक्रियाहरू रोकिएका छन्।
न्युजफर्स्टका अनुसार पेरादेनिया शिक्षण अस्पतालले औषधि अभावका कारण आकस्मिक शल्यक्रियाहरू मात्रै गर्ने निर्णय गरेको छ। पेरादेनिया विश्वविद्यालय अन्तर्गतको उक्त शिक्षण अस्पताल श्रीलंकामा ठूला सामुदायकि अस्पतालमध्ये पर्छ।
पछिल्लो समय विदेशी मुद्रा सञ्चिति अभावका कारण श्रीलंकाले विदेशबाट चाहिए जति सामान ल्याउन सकिरहेको छैन।
यसैबीच श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औषधि अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।
उनले औषधि अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेलाई भनेको बताएका छन्। एजेन्सी