काठमाडौं– युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ।
विश्व स्वास्थ्य संगठनले मंगलबार पत्रकार सम्मेलन गर्दै युरोपमा पुनः कोभिड संक्रमणका घटना बढेको जनाएको हो।
मोल्डोभामा आयोजित पत्रकार सम्मेलनमा डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले युरोपमा महामारीको बढे पनि नियन्त्रण गर्न सकिने आशा रहेको बताएका थिए।