काठमाडौं– चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।
चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मि फेङले शनिबार उक्त जानकारी दिएका हुन्। चीन सरकारले यहाँका नागरिकलाई कोरोना भाइरसका विरुद्धको खोप निकै तीव्र गतिमा दिइरहेको उनको भनाइ छ।
यहाँका ६० वर्षभन्दा माथिका करिब ८० प्रतिशत नागरिकलाई कोरोना भाइरसका विरुद्धको पूर्ण मात्रा खोप दिइएको बताइएको छ। साथै प्रवक्ता मिका अनुसार यहाँका करिब ६५ करोड नागरिकलाई कोरोना भाइरसका विरुद्धको बुस्टर मात्रा खोपसमेत लगाइसकेका छन्।
सुरुमा कोरोना भाइरसले असर गर्ने भनेर ६० वर्षमाथिका नागरिकलाई यो खोपको मात्रा दिनेगरी प्राथमिकता निर्धारण गरेकामा अहिले अर्थात् पछिल्लो समयमा यहाँको सरकारले सबै नागरिकलाई खोप लगाएको हो।