काठमाडौं- चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ। एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ। कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।
दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। कोभिडबाट सो प्रान्त बढी प्रभावित छ। कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन्।