काठमाडौं- कोरोना भाइरस नियन्त्रण गर्न सफल रहेको दाबी गरिरहेको चीनमा भाइरस संक्रमण पुन तीव्र रुपमा फैलन थालेको छ।
मंगलबार ५ हजार भन्दा धेरैमा संक्रमण देखिएको बताइएको छ। पछिल्ला दुई वर्षमा सवैभन्दा धेरै संक्रमित देखिएका हुन्।
द नेशनल हेल्थ कमिसन चीनले ५ हजार २ सय ८० नयाँ संक्रमित भेटिएका छन्। अलजजिराका अनुसार जिलिन प्रान्तमा मात्रै तीन हजार भन्दा बढी केस देखिएका छन्।
कोरोना संक्रमण नियन्त्रण गर्नका लागि देशका १० शहरमा लकडाउन लगाइएको छ। चीनको औद्योगिक शहर सांघाइमा समेत कडा नियम लगाइएको छ। त्यसैगरी थुप्रै मल्टिनेशनल कम्पनी रहेको शेनझेन शहरमा लकडाउन गरिएको छ।
शेनझेनमा लकडाउन हुँदा विश्वको अर्थमै लकडाउन हुनसक्नेमा चिन्ता हुन थालेको छ। शेनझेनमा टोयटा, भक्सवागन र एप्पलको सप्लाएर फक्सकनका फर्महरु प्रभावित बनेका छन्।