काठमाडौं– दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ। गत २४ घन्टा यतामात्र कोरियामा तीन लाख ९ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुको भनाइ छ। रोग नियन्त्रण तथा निवारण एजेन्सीका अनुसार अहिलेसम्म यहाँ ६८ लाख भन्दा बढी कोरोना संक्रमित भेटिएका छन्।
यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा संक्रमित देखिने गरेका छन्। कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको समाचारहरुमा उल्लेख छ।
उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन्।