काठमाडौं- भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
भारतमा कोरोनाभाइरस संक्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। ती मध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या चार करोड २९ लाख ९३ हजार ४९४ रहेको समाचारमा जनाइएको छ।
योसँगै भारतमा अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन्। सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको ०.८ प्रतिशत रहेको समाचारमा जनाइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३७७ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि संक्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४१ हजार ४४९ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ।
गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको छ । भारतमा