काठमाडौं- पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण भएको छ। ओबामाले सामाजिक सन्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उनले सामाजिक सन्जालमार्फत बताएका छन्। ओबामाले पत्नी मिसेलको कोरोनाको रिपोर्ट नेगेटिभमा आएको पनि जानकारी दिएका छन्।
ओबामाले दम्पतीले कोरोनाविरूद्धको बुस्टर डोज पनि लगाइसकेका छन्।