काठमाडौं- भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना संक्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ। मन्त्रालयका अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ।
पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।