काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ।
सोही अवधिमा संक्रमणमुक्त भएकाको सङ्ख्या भने ३४ हजार २२६ रहेको छ। एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको संख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ। भारतमा कोरोनाका चार करोड २१ लाख ५८ हजार ५१० जना संक्रमणमुक्त भएका छन्।
अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ। पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ। कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २३५ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन।
यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १२ हजार ३४४ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ।