काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।
यससँगै भारतमा कोरोनाका कारण ज्यान जुमाउनेको संख्या ५ लाख ७ हजार भन्दा बढी भएको छ।
भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ९७ हजार भन्दा धेरै रहेको बताइएको छ।