काठमाडौं- भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ संक्रमितभएका हुन्।
यसैसँगै भारतमा कुल संक्रंमितको संख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही अवधिमा अरु एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै भारतमा अहिलेम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ।
नयाँ संक्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९० हजार ७८९ पुगेको छ। सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ।