काठमाडौं- इंग्ल्याण्डमा हाल लागू कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन्। प्रतिबन्ध कहिलेदेखि हटाइने भन्ने नतोकिएपनि यसै महिनाको अन्तसम्ममा कोभिड सम्बन्धि प्रतिबन्ध हटाइने जोन्सनले बताए।
हालको नियम अनुसार कोरोना संक्रमित भएको पुष्टि भएमा कम्तिमा पाँच दिनसम्म अनिवार्य आइसोलेशन बस्नुपर्ने नियम छ।