काठमाडौं– स्वीडेनमा कोरोनाभाइरसको महामारी थप फैलिन नदिन लगाइएको प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ।
अन्य युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिएको समाचारहरुमा उल्लेख छ।
फेब्रुअरी ९ देखि लागु हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको जनाइएको छ।