काठमाडौं- भारतमा विगत २४ घण्टामा २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको हो। २ लाख ६७ हजार ७५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार देशमा कुल सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८४२ रहेको छ।