काठमाडौं– बेल्जियममा कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले सडकमा उत्रिएका छन्। सरकारी नियमविरुद्ध आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका भएको हो।
ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन्।
बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक रहेका समाचारहरुमा उल्लेख छ।
प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडपसमेत भएको देखिएको जनाइएको छ।