काठमाडौं- अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन ल्याइएको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसदबाट पारित भएको हो।
अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेका हुन्। त्यस्तो विधयेक कानुन बन्न माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुनै पर्छ।
योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो युरोपेली देश अष्ट्रिया नै बन्ने भएको छ।
कोरोना भाइरसविरुद्ध लड्नका लागि सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय नै खोप भएकाले त्यसलाई अनिवार्य गर्नुपर्ने पक्षमा सवै पार्टीका सांसदहरु रहेका हुन्।
भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै गएकाले संसदले यस कानुनलाई पारित गरेको हो।
तर कतिपयले भने अनिवार्य खोपको व्यवस्था गर्नु व्यक्तिगत स्वतन्त्रता विपरित हुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।
पछिल्लो सरकारी विवरण अनुसार अष्ट्रियाका खोप लगाउन योग्य कुल जनसङ्ख्या मध्ये ७२ प्रतिशतले कोरोनाभाइरस विरुद्धको पुरै खोप लगाइसकेका छन्।
कानुन पारित भएपछि निश्चित समयसम्म सरकारले स्वेच्छाले खोप लगाउन आह्वान गर्ने र मध्य मार्चपछि खोपविरूद्ध अफवाह फैलाउनेलाई प्रतिव्यक्ति चार हजार ८४ अमेरिकी डलर बराबरको जरिवाना गरिने पनि बताइएको छ।
नयाँ कानुनका अनुसार मध्य मार्चबाट कोभिडविरूद्ध खोप नलगाउनेहरूले ३ हजार ६ सय युरोसम्म जरिबाना तिर्नुपर्ने हुन्छ।
खोपसम्बन्धी त्यस्तो आदेश सन् २०२४ को ज्यानुअरीसम्म लागु हुनेछ।