काठमाडौं- अष्ट्रेलियामा कोभिड-१९ का संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ। अष्ट्रेलियामा बिहीबार दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ। त्यहाँ आज एक लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको बताइएको छ। थप ५३ जना संक्रमितको मृत्यु भएको समाचारमा उल्लेख छ।
तर अष्ट्रेलियामा ओमिक्रोनको लहरका क्रममा देखिएको मृत्यु दर यसअघिको भन्दा कम रहेको छ। त्यहाँ १६ वर्षमाथिका ९२ प्रतिशतभन्दा मानिसले कोभिड खोपको दोस्रो लडाइसकेका छन्। अस्पतालमा भर्ना हुने र आईसीयूमा उपचार गर्नेको कुल संख्या हालसम्मकै धेरै भएपछि स्वास्थ्य प्रणालीले बढ्दो संक्रमणसँग जुध्न सक्ने अधिकारीले बताएका छन्।