काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्।
भारतमा अहिलेसम्म कोरोना कारण ४ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।