काठमाडौं- मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि संक्रमित भएका छन्। उनी अहिले दोस्रो पटक सङ्क्रमित भएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्।
उनलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनीहरुको भनाई छ। सङ्क्रमण पुष्टि भएसँगै राष्ट्रपति अन्ड्रेस आइसोलेसनमा बसेका छन्। तर उनले आफ्नो काम भने आइसोलेसनबाटै पनि गर्ने जनाइएको छ।
भर्चुअल माध्यमबाट गर्न मिल्ने काम भर्चुअल माध्यमबाटै गर्ने उनले बताएका छन्। गत सोमबार पत्रकार सम्मेलन गरेपछि उनलाई सङ्क्रमण भएको जनाइएको छ। अवको पत्रकार सम्मेलन भने गृहमन्त्री अडान औगुस्टो लोपेजले गर्ने तय भएको छ। उनले अतिरिक्त खोपसमेत लगाइसकेकाले उनले सङ्क्रमण हुने संभावना कम रहेको बताइएको छ।