काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन्। प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यममा उल्लेख छ। भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन्।
आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ। तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरुका विषयमा छलफल हुने बताइएको छ।
संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ। यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समिक्षा गरेका थिए। दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिएका थिए। उनले औषधि, अक्सिजनको अवस्थाबारे पनि जानकारी लिएका थिए।