काठमाडौं- भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्।
भारतमा अहिलेसम्म २७ प्रदेश राज्यमा ओमिक्रोन फेला परेको छ।
सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन पाइएको छ भने त्यसपछि दिल्लीमा ५१३ जनामा संक्रमण फेला परेको छ।