काठमाडौं- पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दावी गरेका छन्। पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले कोरोनाभाइरसको महामारी फैलिदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारे।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएर पाकिस्तानमा अहिले पाचौँ चरणको महामारी सुरु भएको घोषणा गरिएको छ। पछिल्लो २४ घण्टामा देशभरी एक हजारभन्दा बढी नयाँ संक्रमित भएको विवरण सार्वजनिक भएकै बेला मन्त्रीको यस्तो भनाई आएको हो।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा पाकिस्तानमा एक हजार ८४ जना नयाँ सङ्क्रमित थपिएका छन्। रासस