काठमाडौं- कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट भारतमा एक जनाको ज्यान गएको छ। भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको छ। मृतक मधुमेहका दीर्घरोगी रहेका थिए।
यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो। भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ।