काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ।
यसअघि मंगलबार भारतमा ५८ हजार ९७ जनामा कोरोना भएको थियो। अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजार भन्दा धेरै जनामा थपिएका हुन्।
एक दिनमा १९२०६ जना संक्रमणमुक्त भएका हुन्। भारतमा पोजिटिभिटी दर ६.४३ रहेको छ भने सक्रिय संक्रमितको दर २ लाख ५८ हजार भन्दा धेरै भएको छ।