काठमाडौं- भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ। उनले ट्विट गर्दै उक्त जानकारी दिएका हुन्।
केजरीवालले भने, 'मलाई कोरोना परीक्षण पोजिटिभ आएको छ। लक्षण सामान्य छ। म घरमै आइसोलेसनमा बसेको छु। पछिल्लो समय मेरो सम्पर्कमा आएकाले आफूलाई आइसोलेट र कोरोना परीक्षण गर्नुहोला।' भारतमा कोरोना संक्रमण फैलिदो क्रममा छ।