काठमाडौं- भारतको महाराष्ट्रमा कोरोनो संक्रमित बढेको छ। सबैभन्दा धैरै राजधानी मुम्बईमा संक्रमितको संख्या बढेको हो।
आइतबार मुम्बईमा ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। उही समयमा ओमिक्रोन भेरियन्टका ३०० भन्दा बढी संक्रमित थपिएका छन्।
कोरोना संक्रमितहरु बढ्दै गएसँगै मुम्बईमा कक्षा १ देखि ९ र कक्षा ११ का लागि ३१ जनवरीसम्म विद्यालय बन्द गरिएको छ। तर, उनीहरुको अनलाइन कक्षा भने जारी रहनेछ।
बृहन्मुम्बई नगर निगमले कक्षा १० र १२ का विद्यार्थीका लागि विद्यालय बन्द नगरिने जनाएको छ। उनीहरु विद्यालय जान र कक्षा लिन सक्छन्।