काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस समयमा ४०६ जनाको मृत्यु भएको छ भने १ लाख ४ हजार ७ सय भन्दा धेरै संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट संक्रमिमको संख्या बढेर १ हजार ४ सय ३१ पुगेको छ। महाराष्ट्रमा अहिलेसम्म ४४५ र दिल्लीमा ३५१ जनामा ओमिक्रोन देखिएको जनाइएको छ।