काठमाडौं- मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ। भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा संक्रमण बढेको हो। यसैबीच त्यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ।
भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो। रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ।
यहाँ पनि पछिल्लो समयमा कोरोनाका संक्रमित बढेका पाइएको छ। गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना संक्रमित भेटिएका छन्।