काठमाडौं- फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ।
त्यस्तै अमेरिकामा ३ लाख १२ हजार, बेलायतमा १ लाख २९ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। स्पेन, इटाली र जर्मनीलगायत मुलुकमा पनि संक्रमण बढेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ।
फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या २ लाख ५० हजार नाघ्नसक्ने र अधिकांश अस्पताल कोभिडका विरामीले भरिनसक्ने बताएका छन्।
यसैबीच सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ। फ्रान्समा अहिलेसम्म २ करोड ३० लाख जनाले कोभिडको बुस्टर डोज लगाइसकेका छन्।