काठमाडौं- कोरोना संक्रमितको संख्यामा बढ्दै गएपछि चीनको सियानमा १ करोड ३० लाख मानिसलाई घर भित्रै बस्न भनिएको छ।
अधिकारीहरुले कोभिडको प्रकोपसँग लड्न भन्दै यस्तो आदेश दिएका हुन्।
उत्तरी शहरमा ९ डिसेम्बरदेखि अहिलेसम्म १४३ जनामा संक्रमण देखिएको छ। बुधबार घोषित नयाँ प्रतिबन्धमा प्रतिपरिवार केवल एक व्यक्तिलाई मात्र सामान खरिदका लागि हरेक दिन घरबाट बाहिर निस्कने अनुमति छ।
प्रकोपलाई रोकेन चीनले ठूलो मात्रामा परीक्षण र लकडाउन लगाउँदै आएको छ।
चीन कोभिडको हाइ एलर्टमा छ किनकी फेब्रुअरी २०२२ मा शीतकालिन ओलम्पिक आयोजना गर्न उ तयार छ।
सिआनका बासिन्दालाई सहर छोडन् अनुमति छैन।