काठमाडौं– जापानले ओसाका प्रिफेक्चरमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टिको प्रबल सम्भावना भएको पाइएको छ।
विदेशमा यात्रा गरेका एक जापानी व्यक्ति र उनको परिवारका तीन सदस्यहरूलाई सङ्क्रमण भेटिएको र उनीहरूमा कोभिडको ओमिक्रोन भेरिएन्टसँग मिल्दाजुल्दा लक्षणहरू भेटिएकाले पुष्टिका लागि थप अनुसन्धान भइरहेको जापानी अधिकारीले बुधबार बताए।
हालै विदेशमा यात्रा गरेका ३० वर्षका व्यक्तिलाई होटेलमा क्वारेन्टिनमा बसेपनि उनीसँग परिवारका अन्य सदस्यसँग भेट भएको र प्रारम्भिक परीक्षणले उनलाई ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको पुष्टि गरेको छ।
सङ्क्रमित भएको आशङ्का गरिएका व्यक्तिमा ३० वषीर्य पुरुष र उनकी श्रीमती र १० वर्षभन्दा कम उमेरकी बालिका रहेकी छन्।
उनीहरूलाई ज्वरोलगायत हल्का लक्षणहरू देखा परेपछि शनिबारदेखि सोमबारसम्म अस्पतालमा भर्ना गरिएको थियो।
ओसाका प्रिफेक्चर प्रशासनले विदेशबाट आएका सङ्क्रमित ती युवासँग परिवारका सदस्यहरूसँग हेलमेल भएको पहिचान गरिसकेको बताएको छ।
स्वास्थ्य अधिकारीहरूले थप परीक्षणलाई अघि बढाएका छने भने उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरेका छन्।