काठमाडौं- भारतमा कोरोना भाइरसका ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन्ज। बकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन्।
भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो। यस्तै त्यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ।
ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ। यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ।