काठमाडौं- यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहका अनुसार मङ्गलबार राजदूत हसन इर्लू सानामा आफ्नो मिशनस्थलमा कोरोना सङ्क्रमित भएका थिए।
‘दुर्भाग्यवश, उहाँ प्रतिकूल अवस्थामा स्वदेश फर्कनुभयो, र उहाँको अवस्था सुधार गर्न सबै उपचार उपायहरू प्रयोग गर्दा पनि आज बिहान उहाँको निधन भयो,’ उनले भने। इराकले आइतबार इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेपछि इर्लूलाई तेहरानमा पठाइएको थियो।