काठमाडौं- बेलायतमा केही दिन यता कोरोना संक्रमितको संख्या उच्च गतिमा बढिरहेको छ। बुधबार ७८ हजार भन्दा धेरैमा संक्रमण देखिएको बेलायतमा बिहीबार संक्रमितको संख्या बढेर ८८ हजार पुगेको बीबीसीले जनाएको छ।
बेलायतमा सय अघि कोरोना संक्रमणको दर जनवरी महिनामा दर्ता गरिएको थियो। ८ जनवरीमा एक दिनमा सबैभन्दा धेरै ६८ हजार जनामा संक्रमण देखिएको छ। यो त्यतिबेला हो जतिबेला बेलायतमा लकडाउन भयो।
तर, बिहीबार सबै रेकर्ड तोड्दै ८८ हजार ३७६ पुष्टि भएको हो। इंग्ल्याण्डको मुख्य चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिट्टीले चेतावनी दिँदै कोरोना भेरियन्ट ‘ओमिक्रोन’ निकै तिब्र रुपमा फैलिनसक्ने बताए। बुस्टर डोजले यसको चरमस्थितिलाई चाँडै नियन्त्रण गर्न सकिने उनको भनाइ छ।
बुधबार बेलायतमा ७ लाख ४५ हजार भन्दा बढिलाई बुस्टर डोज दिइएको छ। लकडाउनको चर्चा चलिरहे पनि प्रधानमन्त्री बेरिस जोनसनले त्यसलाई अस्वीकार गरेका छन्।